२०८२ माघ २५ गते आइतवार

बीरेन्द्र माविले मनायो ६५ औँ वार्षिकोत्सव

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भ्यूडर सुनपुरमा रहेको बीरेन्द्र माध्यमिक विद्यालयले बुधबार ६५ औं वार्षिकोेत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरेर ६५ औँ वार्षिकोत्सव मनाएको हो ।

विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले विद्यालयको शैक्षिक एवं भौतिक सुधार हुँदै गएको बताउनुभयो । उहाँले विद्यालयलाई साझा संस्थाको रुपमा विकास गरी हाम्रो र राम्रो बनाउन सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म अंगे्रजी माध्यममा पढाई हुने गरेको बताउँदै शैक्षिक उपलब्धिमा सबै विद्यालय परिवार निरन्तर लागि परेको बताउनुभयो । उहाँले विद्यालयले बस संचालनमा ल्याउनका लागि केन्द्रदेखि भारतीय दुतावासमा पहल गरिरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लुप्रसाद न्यौपाने अध्यक्षता तथा पूर्व सिंचाइ मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यता एवं वडा नम्बर १ का अध्यक्ष हुमकान्त सापकोटको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

विद्यालयका सूचना अधिकारी बेदप्रसाद भट्टराईले विद्यालयको तथ्यांकिय विवरण पेश गर्नुभएको हो । उहाँका अनुसार विस २०१७ सालमा स्थापना भएको विद्यालयले २०३७ सालबाट मावि तहसम्मको अनुमति पाएको बताउनुभयो । विद्यालयमा अहिले ४७५ जना विद्यार्थी अध्ययनरत रहेको सुचना अधिकारी भट्राइले बताउनुभयो ।

त्यस अवसरमा विद्यालयमा स्थापना गरिएका नौ वटा अक्षयकोषबाट प्राप्त व्याज रकमले जेहेन्दार विद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा कक्षा ७ का वर्षा विकले नेपाली भाषमा, कक्षा ५ एलिसा डाँगीले संस्कृत भाषामा, कक्षा ११ का रजिना चौधरीले थारु भषामा र कक्षा ११ कै बेनु कालाथोकीले अंग्रेजी भाषामा मन्तव्य राख्नुभयो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न गितमा नृत्य समेत प्रदर्शन गरेका थिए । विद्यालयका शिक्षक फस्ट बहादुर रानाको स्वागत मन्तव्यबाट कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक डा.जीतबहादुर गिरीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस