२०८२ माघ २५ गते आइतवार

राष्ट्रिय जनमोर्चाले मंसिर २५ गते लमहीमा जनसभा गर्ने

दाङ । राष्ट्रिय जनमोर्चा दाङले यहि मंसिर २५ गते दाङको लमहीमा जनसभा गर्ने भएको छ । देशमा पछिल्लो समय उत्पन्न परिस्थिति र बदलिदो राजनीतिक घटनाक्रमबारे आम नागरिकलाई बुझाउन जनमोर्चाले बिहिबार लमहीमा जनसभागर्न लागेको हो ।

सभालाई सम्बोधन गर्न राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी दाङ आउन लाग्नुभएको हो । जनमोर्चाले सोमबार प्रेस विज्ञप्ती जारी गरेर लमहीमा जनसभा हुने जानकारी गराएको हो । जिल्ला अध्यक्ष गणेश आचार्यले जारी गर्नुभएको प्रेस विज्ञप्तीमार्फत आम नागरिकलाई जागरण सभामा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

विज्ञप्तीमाफर्त देश झनपछि झन् भुमरीमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । जनमोर्चाले पहिलेदेखि भन्दै आएको संघियता आर्थिक बोझमात्रै भएको कुरा गैरजिम्मेवार नेतृत्वले जनमोर्चाको मागलाई सम्बोधन गर्न नसकेको पनि उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस