दाङ । नेशनल प्याव्सन दाङको बृहत खेलकुद कार्यक्रम आजदेखि शुरू भएको छ । मंसिर २८ गतेसम्म संचालन हुने प्रतियोगिता बेल्झुण्डी रंगशालामा संचालन भएको हो ।
जिल्ला अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

प्रतियोगितामा एन प्याव्सनमा आवद्ध २७ वटा विद्यालय सहभागी भएका छन् । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा छात्रछात्रातर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड हुने आयोजकले जनाएको छ ।

यस्तै छात्रछात्रा दुवैका सटफुट,ज्याब्लिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प प्रतियोगिता संचालन हुनेछ । रिले दौड १०० मिटर र ४०० मिटर, आधारभुत तहको फुटसल प्रतियोगिता र भलिबल प्रतियोगिता संचालन हुनेछ ।

वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव छवि कुमार वलीले गर्नुभएको हो ।















