दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीको तुलसीपुर नगर भेला आज तुलसीपुरमा भएको छ । आज भएको नगर भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।
नगर भेलाले जीवन भण्डारीको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
जसको उपसभापतिमा निर्मला वली (केसी), सचिवमा कमल बस्नेत, सहसचिवमा टंक नेपाली, कोषाध्यक्षमा राजन भण्डारी चयन हुनुभएको छ ।
यस्तै सदस्यमा शोभा सुवेदी, पार्वति आचार्य, पहलमान राउत, सुमन विश्वकर्मा, बसन्त खत्री, कमल बस्नेत, राम बहादुर डाँगी, अर्जुन लामिछाने, नारायण प्रसाद केसी र भेषराज आचार्य चयन हुनुभएको छ ।















