२०८२ फाल्गुन २९ गते शुक्रवार

पानी ट्यांकीमा डुबेर तिन वर्षिया बालिकाको मृत्यु


दाङ । दाङको तुलसीपुरमा पानी ट्यांकीमा डुबेर तिन वर्षिया बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गाइडरको तिलक मिजारको ३ वर्षिया छोरी रेजिना मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिजार घर नजिकै रहेको पानी ट्याङकीमा खेल्ने क्रममा आज बिहान पौने ११ बजेतिर अचानक डुवी गम्भिर भाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रिले जानकारी दिनुभयो ।

गम्भिर घाइते भएका बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा ११ बजेतिर मृत्यु भएको खत्रिले बताउनुभयो ।

मृतक मिजारको शब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको र अन्य विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस