दाङ । दमार गाँउ चर्चका पास्टर टोपबहादुर महतराको दम्पतिले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । आज बुधबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानरपापलका–३ मा रहेको राना गाँउ आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रकास डाँगीको अध्यक्षता तथा तुलसीपुर–३ का वडा सदस्य राजेन्द्र गुरुङको प्रमुख आतिथ्यता एवम् दमार गाँउ चर्चका पास्टर टोपबहादुर महतराको विशिष्ट आपतथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पविना भण्डारी, दमार गाँउ चर्चका अगुवाहरु गिता महतरा, नारायण केसी, सीता पुन लगाएतकाले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

महतरा दम्पतिले बिगतका वर्षहरुमा पनी तुलसीपुरका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गदै आउनुभएको छ । आज पनि राना गाँउ स्कुलमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई जुत्ता उपलब्ध गराएको महतराले बताउनुभयो । उहाँले आगामी दिनहरुमा पनि सहयोगको कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक रेशम राज डाँगीले गर्नुभएको हो ।















