२०८२ फाल्गुन २६ गते मङ्गलवार

हाम्रो पहुँच स्कलुमा कवाज समुह निर्माण

दाङ। तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले कवाज खेल्ने समुह निर्माण गरेको छ । विद्यालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरसंगको सहकार्यमा पिटी अर्थात कवाज खेल्ने समुह निर्माण गरेको हो । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले विद्यालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयसंगको समन्वयमा पाँच दिनमा कवाज समुह निर्माण गरेको बताउनुभयो ।

विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई कवाज खेल्ने समुह निर्माण गरिएको र यसले विद्यालयमा अन्य विद्यार्थीलाई कवाज खेलाउन सहयोग पुग्ने बताउनुभयो ।

विद्यालयले पिटी प्रशिक्षण अर्थात शरिरीक सहिष्णुता तथा अनुशासन कार्यक्रम गरेको हो । प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गरिएको हो । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षतामा समापन कार्यक्रम भएको हो ।

त्यस अवसरमा विद्यालय संचालन उपसमितिका संयोजक तथा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष कृष्णप्रसाद पोखरेलले हरेक व्यक्तिमा अनुशासन आवश्यक रहेको बताउनुभयो । कवाज टिम निर्माणसंगै विद्यालयलाई आगामी दिनमा पिटी खेलाउन सहज हुने उहाँको भनाई छ ।

समापन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी वरिष्ठ नायव निरीक्षक झग्गुप्रसाद पौडेल, प्रहरी नायव निरीक्षक बालाराम केसी, प्रहरी सहायक निरीक्षक बिक्रम पाण्डेय, प्रहरी सहायक हवलदार धन बहादुर चन्द, प्रहरी जवान तारा सुनार र सुरेन्द्र राना, विद्यालय संचालन उपसमिति सदस्य जीवराज अधिकारी, उत्तम भण्डारी, जेष्ठ नागरिक होताराम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका शिक्षक लक्ष्मी घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अर्जुन बस्नेतले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस