दाङ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई जेनजी अभियान्ता सुदन गुरुङले फोन गर्नुभएको छ । सार्वजनिक गरेको भिडियोमा करिब ४ मिनेट ९ सेकेन्ड कुराकानी भएको देखिएको छ ।
भिडियोमा अभियान्ता गुरुङले भ्रष्टाचारविरुद्ध एक हुन नगरप्रमुख खड्कालाई आग्रह गर्नुभएको छ । अभियान्ता गुरुङले नगरप्रमुख खड्कालाई डा.किशोर खत्रीको किन लागेको भन्दै प्रश्न गर्नुभएको छ । उहाँले यदि जेनजीलाई पक्राउ गर्नतर्फ लागेमा राम्रो नहुने भन्दै चेतावनी दिनुभएको छ । संवादमा नगरप्रमुख खड्काले डा. खत्री जेनजी नभएको, बरु बिरामीसंग पैसा जथाभावि असुलेको, बोर्डिङबाट करोडौँ कमाएको भनेर भन्नुभएको छ ।
कुराकानीको संवाद यस्तो छ :
सुदन गुरुङ : हाम्रो जेनजीहरुलाई पक्रिनु हुँदै छ रे, पुरा कोडिनेशन गर्नुहुँदैछ भन्ने सुनियो ?
टिकाराम खड्का : काँ केहि गर्या छैन,मैले केहि गरेकै छैन्, यहाँ मैले जेनजी नै चिन्दैन । मबाट केहि भा छैन् ।
सुदन गुरुङ : भिडियो त आउँदैछ त, भिडियोहरु पुरा सर्कुलेट भइरहेको छ त, मेयरसाबले यस्तो गर्यो, उस्तो गर्यो भनेर धेरै थ्रेटहरु आइराछ, भन्नेजस्तो कुरा सुनिरहेका छम् ।
टिकाराम खड्का : के भा छैन्, केहि पनि गरेको छैन्, तपाईलाई कसैले भ्रमपूर्ण कुरा गर्यो होला । म पनि मान्छे हुँ, म पनि राजनीति गर्या मान्छे हुँ, मलाई था छ नि जेल,नेल मुद्धा मामिला खेप्या मान्छे हुँ । केहि पनि गर्या छैन् । तपाईलाई कसैले गलत सुचना दियो ।
सुदन गुरुङ : अनि त्यो डा.सावको पछाडी गाको गाकै हुनुहुन्छ भन्ने सुनियो ।
टिकाराम खड्का : केरे ?
सुदन गुरुङ : त्यो एउटा डा.सावको पछाडि जानुभाको छ भन्ने सुनियो । के हो, खासमा त्यो कुरा चाँही ।
टिकाराम खड्का : डाक्टरसावको पछाडि के जानुपर्यो, डाक्टरसाब आफै डाक्टरसाव हो, डाक्टरसाव भएर काम गर्नुस् भनेको । तपाई डाक्टर हो, डाक्टर भएर काम गर्नुपर्यो भन्या छ ।
सुदन गुरुङ : मेयरसाव तपाईको मर्म बुझेर हामीले स्थानीयहरुलाई छोएकै छैनौँ । एउटा रेस्पेक्टको आधारमा, एउटा जनताको म्यान्डेट बोकेर चुनावमा खर्च भएको हिसावले हामी सबै जना चुप लागेर बसिरहेका छम् मेयरसाव । हाम्रो मुद्धा उठाएको भ्रष्टाचार विरुद्ध हो, यो तपाईको मुद्धा हैन भने त्यहि अनुसार हामी प्रचारप्रसार गरिदिन्छौँ । तर हजुरहरुको मुद्धा पनि यो छ, बेथितिको विरुद्ध लाग्नुपर्यो, देश साँच्चिकै विकास गर्नुपर्यो भनेर लाग्नुहुन्छ भने त तपाई हाम्रो एउटै टिम हो यो । हैन । तर यसरी गर्दा हाम्रो जेनजीहरुलाई, डाक्टरसावलाई उचालेको भरमा अट्याक गर्न थाल्नुभयो भने त फेरि हामी सम्पूर्ण जेनजीहरु यसमा विरोध गर्न थाल्छम् है मेयरसाव ।
टिकाराम खड्का : तपाईसंग मेरो एउटै अनुरोध हो, तपाई मुभमेन्टमा लाग्या मान्छे हो, भ्रष्टाचार विरुद्धमा लाग्या टिकाराम खड्का हो । कुनै पनि हालतमा नगरपालिकामा भ्रष्टाचार शून्य बनाउने अभियानकर्ता म नै हो । मेरो घर हेर्नुस्, मेरो व्यवहार हेर्नुस् । गतिविधि हेर्नुस्, एउटा नमुना हो, यो अरुबाट बुझ्ने कुरा हो । तपाईले मलाई सिधै बुझ्नु पर्दैन । दोस्रो कुरा जेनजी भन्नेलाई हामीले कहिँ केहि गरेकै छैनौँ । जेनजीसंग हाम्रो कुनै बिमति छैन् । अब जेनजीको नाममा आगलागी गरेका होला, त्यो पुलिसले अुनसन्धान गर्ने हो । मेरो क्षेत्र पनि होइन, म कतै लाग्या पनि छैन्, कसैलाई भन्या छैन् ।
सुदन गुरुङ : त्यो अनुसन्धान त हामी रोकिसक्यौँ, आजै गृहदेखि परिपत्र हुन्छ ।
टिकाराम खड्का : ठिकैछ, त्यो त मेरो कुरै होइन, के । पुलिसले पकड्ने भएकाले एउटा कुरो हुन्छ । नगरपालिकाले पकड्छ र ?
सुदन गुरुङ : हैन, नगरपालिकाले फ्यासिलेट गर्दैछ नि त, त्यस्तो त गर्दिन मिलेन न नि त ,
टिकाराम खड्का : केहि गरेको छैन् । यत्रो जलेर टेन्टमा बसेका छम हामी, हामीले कसलाई के भन्नु छ, आफै जलेर टेन्टमा बसेर सेवा दिइराछम् ।
सुदन गुरुङ : कामै जल्ने गर्नु भयो , सबैजना तपाईहरु मिलेर । भित्राभित्रै गुट निकालेर ।
टिकाराम खड्का : टिकाराम खड्का जस्तो मान्छेलाई तपाईले अपराध बोल्नुपर्छ, भ्रष्टाचार गरिस भन्नुभयो भने ।
सुदन गुरुङ : त्यो भन्या छैन तपाईलाई ।
टिकाराम खड्का : टिकाराम खड्काजस्तो मेयर देशभरीमा एउटा नमुना मान्छे होला, दोस्रो कुरा म नै भ्रष्टाचारविरोधी अभियान्ता हो, अनि त्यो उलाई बिरामी ठग्ने, बिरामीसंग पैसो खाने, बोर्डिङमा करोड पैसा कमाउने, त्यस्ता मान्छेलाई थ्रेट गरेको, तपाई जेनजीलाई थ्रेट गरेको भन्नुभयो,उसको उमेर नै ४५/५० वर्षको होला , तर जेनजी भनेर जेनजी पुस्तालाई कसैलाई केहि गरेका पनि छैनौँ, हामीले बुझ्छौँ, मुभमेन्टको बारेमा, केहि ठुलो हैन कुरो त्यो ।















