२०८२ फाल्गुन ३० गते शनिवार

दाङ उपत्यकासहित तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो


दाङ। आज बिहानै दाङ उपत्यकासहित तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यो प्रक्रिया अझै केही दिन लम्बिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ ।

यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

मौसमविद् हरिप्रसाद दाहालले केही दिनयता विशेषगरी तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लाग्दै आएको बताउनुभयो । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ ।

आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस