२०८२ माघ २५ गते आइतवार

समानुपातिक सूचीमा बालेन पक्षको भागमा ४० जना


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने भएका छन् । रवि लामिछाने र बालेनबीच आज आइतबार बिहान यो सहमति भएको हो ।

निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनु पर्छ । त्यसमा बालेन शाह पक्षका ४० र बाँकी रास्वपाका उम्मेदवारहरुको नामावली बुझाउने सहमति भएको स्रोतले बताएको छ ।

रास्वपा र बालेनबीच आज आइतबार बिहान भएको ७ बुँदे सम्झौता पत्रमा यो विषय उल्लेख भने छैन । तर यसबारे मौखिक समझदारी भएको स्रोतले बताएको छ
। रास्वपाले समानुपातिक सांसद उम्मेदवार चयन गर्न आन्तरिक भोटिङ चलाइरहेको छ । त्यसमा लोकप्रिय मत पाउनेलाई उम्मेदवार बनाउने रास्वपाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस