२०८२ फाल्गुन २६ गते मङ्गलवार

नेशनल प्याब्सन दाङको पाँचौ बृहत खेलकुद कार्यक्रम आजदेखि शुरु

दाङ । नेशनल प्याब्सन दाङको पाँचौ बृहत खेलकुद कार्यक्रम आजदेखि शुरु भएको छ । तुलसीपुरको अरनिको मैदानमा शुरु भएको कार्यक्रमको नेशनल प्याब्सनका केन्द्रिय महासचिव प्रकाश चन्द खड्काले गर्नुभएको हो ।

उहाँले खेल क्षेत्रमा आर्कषण बढाउनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि नेशनल प्याब्सन दाङले खेलकुद कार्यक्रमको आयोजना गरेको अध्यक्ष भोजराज न्यौपानले बताउनुभयो । आजदेखि शुरु भएको खेलकुद कार्यक्रम १६ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा दाङ जिल्लाबाट नेशनल प्याब्सनमा आवद्ध १६ विद्यालयको सहभागीता रहेको छ । भालिबल, एथ्लेटिक्स, तेक्वान्दो लगायतका प्रतियोगिता हुने अध्यक्ष न्यौपानले बताउनुभयो ।

प्रतियोगिता उद्घाटन अघि र्‍यालीले तुलसीपुर बजारको परिक्रममा गरेको थियो । उद्घाटन कार्यक्रममा गायिका प्रिति आलेको प्रस्तुति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस