२०८२ माघ ७ गते बुधवार

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ बजेर १३ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस