२०८२ माघ ८ गते बिहिवार

चिसोले जनजीवन कष्टकर बन्दै, हिमाली क्षेत्रमा हिमपातको संभावना


दाङ। दाङ उपत्यकासहित देशका अधिकांश भुभागमा अत्याधिक चिसो बढेको छ । तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरोका कारण चिसोको महशुस अत्याधिक गरिएको छ ।

केहिदिन यता दिउँसोको समयमा घाम लागेपनि बिहान र बेलुकाको समयमा हुस्सु र कुहिरो लाग्दा तराईको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण घरबाहिर काम गर्ने श्रमिकहरु बढी समस्यामा परेका छन् । विषेशगरी घर निर्माण, सडक तथा पुल निर्माण क्षेत्रमा खटिने श्रमिकहरु चिसोको मारमा परेका छन् ।

तराईमा लागेको बाक्लो हुस्सुका कारण सडकमा सवारी चलाउन समेत समस्या हुने गरेको छ । हुस्सु र कुहिरोले टाढाको सवारी देख्न समस्या हुने भएकाले दुर्घटनाको जोखिम बढी हुने गर्दछ । चिसो बढेका कारण बजार क्षेत्रमा समेत चहलपहल कम देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने छ । यस्तै पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस