दाङ। दाङ उपत्यकामा आज बिहानैदेखि मौसम घमाइलो देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान घाम लागेपनि दिउँसोपख बदलीको संभावना छ । ठुलो वर्षा नभएपनि छिटफुट वर्षा हुने अनुमान गरिएको छ । पछिल्ला दिनमा मनसुन कमजोर बन्दै गएको छ ।
आज दिउँसो लुम्बिनी प्रदेशका केहि ठाउँमा वर्षाको संभावना रहेको छ । तर ठुलो वर्षाको संभावना भने कम रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ ।
आज दिउँसो देशभरी नै साधरणतया बादल लाग्नेछ । आज राति देशभर साधरणतया बादल लाग्नेछ । तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।



















