२०८२ माघ २५ गते आइतवार

राष्ट्रिय सभा सदस्यका लागि आज मनोनयन दर्ता हुने

दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुदैछ । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन पदमा पतिष्पर्धा हुने भएको हो ।

लुम्बिनी प्रदेशमा एक अपांगता, एक महिला र एक खुला गरी तीनवटा कलस्टरमा मनोनयन दर्ता हुन थालेको हो ।

हाल एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, माओवादीका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ ।

भट्टराई खुलाबाट, घिमिरे महिलाबाट र शर्मा अपाङ्गता क्लस्टरबाट त्यहाँ पुगेका थिए । प्रदेशमा रिक्त तीन सिटका लागि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच देखिन्छ ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कुल ३०४ जना मतदाता रहेका छन् । यही मतदातामार्फत राष्ट्रिय सभा सदस्यको चयन गरिने छ ।

एमालेबाट लुम्बिनीमा महिला सदस्यमा रामकुमारी झाक्रीलाई अघि बढाउने सहमती गरिएको चर्चा सार्वजनिक भएको छ भने अन्य दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस