दाङ । दाङमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पुस २४ गते राति करिब १२ बजेतिर अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको गस्ती टोलीले घोराही उप–महानगरपालिका–१४ मिलनचोक क्षेत्रमा गस्ती गर्ने क्रममा मोटरसाइकलमा रहेका दुई जनालाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको हो ।
लु ८० प ६३११ नम्बरको मोटरसाइकल चालक घोराही–१४ खोलीगाउँका ३४ वर्षका सुशिल गहतराज र पछाडि सवार सोही ठाउँ बस्ने ३२ वर्षका अम्मर नेपालीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
खानतलासीका क्रममा मोटरसाइकल चालक गहतराजले बोकेको ब्यागभित्र लुकाई छिपाई राखिएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको डिएसपी शाहले जानकारी दिनुभयो । बरामद गरिएको पदार्थ प्लास्टिक हटाई तौल गर्दा शुद्ध तौल ४७ ग्राम ६७० मिलिग्राम रहेको जनाइएको छ ।
बरामद लागूऔषधसहित दुवै जनालाई पक्राउ गरी दाङ जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।















