२०८२ माघ ८ गते बिहिवार

दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते


दाङ । दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ आँउदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटनामा हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन ।

प्रहरी निरीक्षक बमका अनुसार बस आज आइतवार दिउँसो करिव साढे १२ बजेतिर घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा दुर्घटनामा परेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस