दाङ । दाङमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जस मध्य पाँच जनाको अवस्था गम्भिर रहेको दाङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१३ का १७ वर्षका सुदिप नेपाली, तुलसीपुर–१४ का ५४ वर्षका जोर बहादुर बिक, घोराही–१० का १६ वर्षका आयन बुढामगर, घोराही १३ का ५५ वर्षका देबकला बिक र बस सहचालक सल्यान छत्रेश्री गाँउपालिका–५ का बिशाल बुढामगरको अवस्था मध्यम रहेको छ ।
घाइते मध्य तुलसीपुर–१४ का ५४ वर्षका जोर बहादुर बिकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–१३ का ३० वर्षका अनु नेपाली, सोही वडाका २५ वर्षका सिता केसी, ९ वर्षका आशिष बस्नेत, घोराही–१४ का १४ वर्षका जेनिशा सेर्पाइली, घोराही–१३ का १५ वर्षका सम्झना सेर्पाइली र रुकुम पूर्व तकसेरा गाँउपालिका–२ का ३२ वर्षका गिता पुनमगरको अबस्था सामान्य रहेको छ ।
घाइते १० जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घोराहीबाट तुलसीपुरतर्फ आँउदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस आज आइतवार दिउँसो करिव साढे १२ बजेतिर घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहनगरपालिका–१६ सर्रा सानी अम्बापुरमा दुर्घटनामा परेको थियो ।
बसमा चालकसहित १२ जना सवार रहेका थिए । बस र बस चालक तुलसीपुर उपमहानगरपालिका–२ का ३६ वर्षका मायाराम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।















