२०८२ माघ २५ गते आइतवार

रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु

रोल्पा । रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ निवासी ३२ वर्षिय डिलकुमारी पुनको भिरबाट लडेर मृत्यु भएको हो ।

पुनको सोमबार घर नजिकैको बल्दजुरे सामुदायिक बनमा बाख्रा चराउने क्रममा भिरबाट लडेर मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । उहाँको भिरबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार बिहान ११ बजेतिर बाख्रा चराउन गएकी पुन साँझसम्म घर नफर्केपछि खोजि गर्र्दा करिब १०० मिटर तल खसेर भिरमा अड्किएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस