दाङ । दाङमा सामुदायिक वनमा लुकाइएका दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । लमही नगरपालिका–९ नर्तीस्थित बकेना सामुदायिक वनको झाडीबाट प्रहरीले दुई थान अवैध भरुवा बन्दुक बरामद गरेको हो ।
सामुदायिक वनको झाडीमा भरुवा बन्दुक लुकाइछिपाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट नर्तीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार हिजो आइतबार बिहान करिब १० बजेतिर बनबाट दुई थान अवैध भरुवा बन्दुक बरामद गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























