२०८२ फाल्गुन २९ गते शुक्रवार

कांग्रेसको देउवा पक्ष सर्वोच्च पुग्यो


दाङ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो ।

नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ ।

उहाँका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस