दाङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिनुभएको छ । बिहान उहाँले म्याग्दी पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
यसअघि प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दिन सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसहित, खेलकुदमन्त्री बब्लु गुप्ता, उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको थियो ।













