२०८२ माघ २५ गते आइतवार

राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ३ बाट कमल सुवेदीले गरे उमेदवारी दर्ता


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ३ बाट कमल सुवेदीले उमेदवारी दर्ता गराउनु भएको छ । क्षेत्र नंम्बर ३ को कार्यालय तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नम्बर १ बाट देवराज पाठक र क्षेत्र नम्बर २ बाट पाटीका सहमहामन्त्री विपन कुमार आचार्य लाई उम्मेदवार बनाएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज मंगलबार दाङ लगाएत देशभर उम्मेदवारी दर्ता हुँदैछ । चुनावी चहलपहल र सरगर्मी बढेसँगै देश चुनावमय भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस