२०८२ फाल्गुन २९ गते शुक्रवार

राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नम्बर ३ बाट कमला जिसीको उम्मेदवारी दर्ता


दाङ । राष्ट्रिय जनमोर्चा दाङको क्षेत्र नम्बर ३ बाट कमला जिसीले मनोनयन दर्ता गराउनुभएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य लागि उहाँले आज मंगलबार उम्मेदवारी दर्ता गराउनुभएको हो ।

जिसीले क्षेत्र नंम्बर ३ को कार्यालय तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । यस्तै जनमोर्चाले दाङको क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष गणेश आचार्य, क्षेत्र नम्बर २ बाट मणीराम खनाललाई उमेदवार छनौट गरेकोे छ ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस