रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
प्रचण्डले एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर आज मंगलबार उम्मेदवारी दिनुभएको हो । उहाँ हिजो सोमबार नै रुकुम पूर्व पुग्नुभएको थियो ।
प्रचण्ड २०६४ मा काठमाडौं– १० र रोल्पाबाट, ०७० मा काठमाडौं– १० र सिरहा– ५, ०७४ मा चितवन– ३ र ०७९ मा गोरखा– २ बाट चुनाव जित्नु भएको थियो ।














