२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता


दाङ । दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी अहिलेसम्म ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो समाचार तयार पार्दा सम्म ११ जना उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट धन बहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, मंगोल नेशनल अर्गनाइजेसनबाट घनश्याम चौधरी रहेका छन् ।

यस्तै श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतरा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बल बहादुर ओली, स्वतन्त्र उम्मेदवार भरत परियार, स्वतन्त्र उम्मेदवार इन्द्र बहादुर बस्नेत, स्वतन्त्र उम्मेदवारका रूपमा गोपाल वली, स्वतन्त्र उम्मेदवार यम बहादुर बस्नेत तथा स्वतन्त्र उम्मेदवार सुरेश नेपाली रहेका छन् ।

उम्मेदवारहरूको उमेर ३१ वर्षदेखि ६९ वर्षसम्म रहेको छ । दाङ क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका तथा दंगीशरण गाउँपालिकाका विभिन्न वडाबाट उम्मेदवारहरू उम्मेदवारी दर्ता गराएका छन् ।

दाङ क्षेत्र नम्बर ३ मा यसपटक प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस