दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो समाचार तयार पार्दा सम्म १० जना उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट शंकर पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाबाट मनीराम खनाल, नेपाल मजदुर किसान पार्टीबाट नवीन कुमार शाहीले मनोनयन दर्ता गरेका छन् ।
यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट अम्मर बहादुर बुढा, स्वतन्त्र उम्मेदवार विष्णु कुमारी भुसाल, स्वतन्त्र उम्मेदवार पदम प्रसाद पाण्डे, स्वतन्त्र उम्मेदवार कल्पना लामा, स्वतन्त्र उम्मेदवार बालाराम पौडेल र नेशनल रिपब्लिक नेपालबाट जितन पुनले उम्मेदवारी दर्ता गरेका छन् ।
आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ चुनाव हुने छ ।














