२०८२ माघ २५ गते आइतवार

दाङ निर्वाचन क्षेत्र नंम्बर १ बाट कांग्रेसका योगेन्द्र चौधरीसहित ६ जनाको मनोनयन दर्ता


दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो समाचार तयार पार्दा सम्म ६ जना उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

आयोगका अनुसार नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेशनल रिपब्लिक नेपालबाट मिन बहादुर ठेडी मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट खुुम बहादुर गाहा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, राष्ट्रिय जनमोर्चाबाट गणेश प्रसाद आचार्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट प्रकाश शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गराउने सबै उम्मेदवार पुरुष रहेका छन् । उम्मेदवारहरूको उमेर ३२ वर्षदेखि ५१ वर्षसम्म रहेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी निर्वाचनमा उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर मतदातामाझ जाने तयारीमा जुटिसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस