२०८२ माघ २५ गते आइतवार

दाङको तीन वटा निर्वाचन क्षेत्रबाट ४३ जनाले गराए उम्मेदवारी दर्ता


दाङ । दाङको तीन वटा निर्वाचन क्षेत्रबाट ५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी अहिलेसम्म ४३ जना उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यलयका अनुसार दाङ क्षेत्र नम्बर १ बाट ९, क्षेत्र नम्बर २ बाट १८ र क्षेत्र नम्बर ३ बाट १६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा क्षेत्र नम्बर ३ मा एक जना, क्षेत्र नम्बर २ मा २ जना महिलाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । दाङ क्षेत्र नम्बर १ मा कुनै पनि महिलाको मनोनयन दर्ता परेको छैन ।

यो समाचार तयार पार्दासम्म ४३ जना उम्मेदवार मध्ये ३ जना महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ । जसमध्ये ४० जना पुरुष उम्मेदवार रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस