२०८२ माघ २५ गते आइतवार

१६५ सीटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी दर्ता : आज उजुरी दिन सकिने

दाङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरमा प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलबार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २ हजार २ सय ९७ र १ हजार १ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी परेको हो । जसमा ३ हजार ८८ पुरुष र ३९५ महिला रहेका छन् ।

फागुन २१ मा १६५ सीटका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलबार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ र ११ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी परेको हो ।

आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । आज दिउँसो ३ देखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसैदिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस