दाङ। दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २५ जना उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ जना स्वतन्त्र र १६ राजनितिक दलसहित २५ जनाले क्षेत्र नंम्बर ३ को कार्यालय तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
आयोगका अनुसार नेपाली कांग्रेसबाट दिपक गिरी, नेकपा एमालेबाट घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट धन बहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, मंगोल नेशनल अर्गनाइजेसनबाट घनश्याम चौधरीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दामोदर भण्डारी, श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतारा, प्रगतिशिल लोकतान्त्रिक पाटीबाट घनश्याम डाँगी, नेशनल रिपब्लिक नेपालबाट प्रितम चौधरी, मितेरी नेपाल पाटीबाट सन्तोष सिंह, जनता समाजवादी पाटी नेपालबाट शोभा डाँगी, आम जनता पाटीबाट पाण्डवी नेपाली, नेकपा माओवादीबाट बल बहादुर वली, संयुक्त पाटीबाट दलबिर कामी र नागरिक उन्मुक्ति पाटी नेपालबाट महेश चौधरीले उमेदवारी दर्ता गराउनुभएको छ ।
स्वतन्त्र उम्मेदवार भागिराम चौधरी, भरत परियार, इन्द्र बहादुर बस्नेत, गोपाल वली, यमबहादुर बस्नेत, सुरेश नेपाली, महेश डाँगीले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नम्बर ३ मा एक जना मात्रै महिलाको मनोनयन दर्ता भएको छ । उम्मेदवारहरूको उमेर ३१ वर्षदेखि ६९ वर्षसम्म रहेको छ ।
दाङ क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका तथा दंगीशरण गाउँपालिकाका विभिन्न वडाबाट उम्मेदवारहरू उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ३ मा यसपटक प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।














