२०८२ माघ २५ गते आइतवार

दाङमा तीन सिटका लागि ६२ जनाको उमेदवारी

दाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङका तीन सिटका लागि ६२ जनाको उम्मेदवारी परेको छ । तीन वटै निर्वाचन क्षेत्रमा १९ स्वतन्त्रसहित ६२ जनाको उमेदवारी दर्ता भएको हो ।

मंगलबार लमही, घोराही र तुलसीपुरमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत राजनीतिक दल र स्वतन्त्र गरी ६२ जना उम्मेदवारले मनोनयन दर्ता गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १४ जना, निर्वाचन क्षेत्र नं. २ मा ८ स्वतन्त्रसहित २३ जना र निर्वाचन क्षेत्र नं. ३ मा नौ स्वतन्त्रसहित २५ जनाले मनोनयन दर्ता गरेका छन् ।

तर ६२ मध्ये पाँच जनामात्रै महिला उम्मेदवार छन् । त्यसमा राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. ३ बाट कमला जिसी, जनता समाजवादी पार्टी नेपालले शोभा डाँगी र आम जनता पार्टी (एकल चुनाव चिन्ह) ले पाण्डवी नेपालीलाई उम्मेदवार बनाएको छ । यस्तै क्षेत्र नं. २ मा कल्पना लामा र विष्णुकुमारी भुसालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस