२०८२ फाल्गुन २९ गते शुक्रवार

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै


दाङ । आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गराएकामध्ये १३ प्रतिशत बढी महिलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

महिला र पुरुष गरी देशभर १ हजार २४ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएकोमा १६० जना महिला रहेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो ।

देशभर १ हजार २४ जनाले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दलसहित भने १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ३९५ जना महिला, ३ हजार ८८ जना पुरुष र १ जना अन्यबाट छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस