२०८२ फाल्गुन २६ गते मङ्गलवार

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा


दाङ । लुम्बिनी प्रदेश सरकारले बसन्त पञ्चमी (श्रीपञ्चमी) को अवसरमा भोली प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय राप्ती उपत्यका (देउखुरी) ले जारी गरेको सूचनामा माघ ९ गते भोली शुक्रबार बसन्त पञ्चमीका दिन सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ ।

मन्त्रालयले प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४, मिति २०८१/१२/२१ गतेको सूचनाबमोजिम सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको जनाएको छ ।

सूचनामा प्रदेश सचिव लोक बहादुर सुनारको हस्ताक्षर रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस