२०८३ मङ्सिर ७ गते सोमवार

बिजौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन


तुलसीपुर। बिजौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गरिएको छ । संघको शनिबार भएको छैठौ अधिवेशबाट अध्यक्षमा डिल्ली बहादुर खत्री निर्विरोध चयन हुनुभएको छ ।

त्यसैगरी वाणिज्य उपाध्यक्षमा खुमबहादुर बस्नेत, उद्योग उपाध्यक्षमा चित्रबहादुर खडका, महासचिवमा रबिन्द्र केसी, सचिवमा रमेश बस्नेत र कोषाध्यक्षमा सुनिल डाँगी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा प्रेमबहादुर वली, पुस्कर खडका, पवित्रा वली, वसन्त वली, गोबिन्द बहादुर बिक, नबिन खड्का, अर्जुन कुमार रेग्मी र सारदा केसी चयन हुनुभएको छ । वाणिज्य संघको छैठौ अधिवेशनले उक्त समिति चयन गरेको निर्वाचन संयोजक विष्णुमणी धितालले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस