२०८३ बैशाख ६ गते आइतवार

राष्ट्रिय सभा निर्वाचनको लागि मतदान सुरु

दाङ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशको घोराहीमा मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो ।

निर्वाचनका लागि मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तह प्रमुख/उपप्रमुखले मतदान गरेर मतदान गर्ने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८३ जना र एक सय नौ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर दुई सय १६ जना गरेर दुई सय ९९ जना मतदाता रहनुभएको छ । मतदानका लागि विहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म समय छुट्याइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस