रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । रोल्पा नगरपालिका–३ गोठमारेमा हिजो आइतबार राती ९ बजेतिर अटो दुर्घटना भएको हो ।
लिवाङ बाट गोठमारे तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ह १७५७ नम्बरको अटो आफै अनियन्त्रीत भई दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको छ ।
रोल्पा नगरपालिका वडा ३ गोठमारेका ३८ बर्षका दुर्गा बहादुर केसीले चलाएको अटो गोठमारेको महेश घर्तीमगरको घर नजिकैको सडक देखी पुर्व तर्फ ५० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र बीर बिश्वकर्माका अनुसार रोल्पा नगरपालिका–३ गोठमारेका २६ बर्षिय गायत्रा खड्का केसी, उहाँको २ बर्षकी छोरी रिहाना केसी र सोही ठाउँका२३ बर्षिय निम कुमारी घर्तीको अवस्था गम्भिर रहेको छ ।
त्यसैगरी निम कुमारी घर्तीको ५ बर्षिय छोरी तेरिया घर्ती, सोही ठाउँका ४५ बर्षिया पम्फा थापा र ६५ बर्षिय खिम बहादुर खत्रीको अवस्था मध्यम रहेको छ भने चालकको अवस्था सामान्य रहेको छ ।
गएराती करिब १ बजेको समयमा चालक बाहेक ६ जना घाईतेहरुलाई थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।














