दाङ । दाङको तुलसीपुर–६ मा रहेको हिमाल एकेडेमीले २२ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालय संचालक समितिका अध्यक्ष बिनय कुमार मिश्रको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
दुई दशकभन्दा लामो शैक्षिक यात्रा तय गरेको विद्यालयले विद्यार्थी, अभिभावक र सरोकारवालाहरूको उपस्थितिमा भव्य समारोह आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख टिकाराम खड्काले हिमाल एकेडेमीले यस क्षेत्रको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले निजी क्षेत्रका विद्यालयहरूले गुणस्तरीय शिक्षा र प्रविधिमैत्री सिकाइमा गरेको लगानीले नै दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगेको बताउनुभयो ।
विद्यालय संचालक समितिका अध्यक्ष बिनय कुमार मिश्रले विद्यालयको २२ वर्षको आरोह–अवरोहबारे चर्चा गर्दै अभिभावकको विश्वास र शिक्षकहरूको मेहेनतले नै एकेडेमीले यो उचाइ हासिल गरेको बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विभिन्न जातजातिको पहिचान झल्किने सांस्कृतिक नृत्य, गायन र नाटक समेत प्रस्तुत गरेका थिए । यस्तै चर्चित गायक गोविन्द मधुर आचार्य र प्रेम विवश घर्ती सांगितिक प्रस्तुति समेत रहेको थियो ।















