२०८२ फाल्गुन २९ गते शुक्रवार

तुलसीपुरमा भोली तीन घण्टा विद्युत् अबरुद्ध हुने


तुलसीपुर । तुलसीपुर क्षेत्रमा भोली शनिबार तीन घण्टा विद्युत् अबरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले भोली तीन घण्टा विद्युत् अबरुद्ध हुने एक सूचना मार्फत जानकारी गराएको छ ।

तुलसीपुर वितरणकेन्द्र अन्तर्गत पर्ने हापुरे–तुलसीपुर ३३ केभी प्रसारण लाईनमा डिस्कनेक्टिंग स्वीच जडान तथा मर्मत कार्य गर्नुपर्ने भएकाले भोली विद्युत् अबरुद्ध हुने तुलसीपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले जानकारी दिनुभयो ।

तुलसीपुर बितरण केन्द्रका प्रमुख महतोका अनुसार भोली शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म तुलसीपुर क्षेत्रमा विद्युत् अबरुद्ध हुने छ । प्रमुख महतोले निर्धारित समयभित्रै काम सम्पन्न गरी विद्युत् सेवा पुनः सञ्चालन गरिने जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस