२०८२ फाल्गुन २६ गते मङ्गलवार

आचार्यकुलम दाङले मनायो दोस्रो वार्षिकोत्सव

दाङ । दाङको तुलसीपुर–१० गोलौरीस्थीत आचार्यकुलम दाङले शनिबार दोस्रो वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर बुढाथोकीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नगर प्रमुख खड्काले वर्तमान समयमा आधुनिक शिक्षासँगै संस्कार र योगको आवश्यकता रहेको औंल्याउनुभयो । आचार्यकुलमले विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै अनुशासित र आध्यात्मिक बनाउन खेलिरहेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा योग गुरु पुज्या साध्वी देवकृपा, पतन्जली योग समिति नेपालका लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह, आजिवन सदस्य उत्तमकुमार श्रेष्ठ, नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डीका सहप्राध्यापक नीलप्रसाद सापकोटा लगायतले संस्कारसहितको शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

पतन्जली योग शिक्षकको समुहमा यस विद्यालय संचालनमा आएको हो । विद्यालयमा योग, वैदिक र आधुनिक शिक्षा अध्यापन हुने गरेको छ । विद्यालयमा २६० जना विद्यार्थी छन् भने ३५ जना प्रत्यक्ष रोजगारीमा जोडिएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस