२०८३ जेष्ठ १७ गते आइतवार

दाङ –२ मा नेकपा एमालेसंग कुनै तालमेल भएको छैन्, हुने पनि छैन् : निर्मल आचार्य

दाङ । नेपाली कम्युनिष्ट पाटी र नेकपा एमालेबिच १० वटा निर्वाचन क्षेत्रमा तालमेल हुने भनिएको खबर बाहिरिएको छ । तर वास्तविकतामा त्यस्तो नभएको खुलेको छ ।

नेपाली कम्युनिष्ट पाटीबाट दाङको निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी मैदानमा रहनुभएका निर्मल आचार्यले नेकपा एमालेसंग कुनै पनि किसिमको तालमेल नभएको र आगामी दिनमा पनि नहुने स्पष्ट पार्नुभएको छ ।

क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमेदवार महासचिव शंकर पोखरेल हुनुहुन्छ । पोखरेललाई जिताउन एमालेसंग नेकपाले तालमेल गरेको केहि मिडियामा आएको छ । तर पोखरेलसंगै प्रतिष्पर्धामा रहनुभएका नेकपाका उमेदवार आचार्यले सामाजिक संजालमार्फत नेकपाले कसैसंग तालमेल नगरेको स्पष्ट पार्नुभएको हो । उहाँले हारको संकेत देखेकाहरुले हल्ला फैलाएको बताउनुभएको छ ।

‘नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच दाङ–२ मा कुनै पनि प्रकारको चुनावी तालमेल भएको छैन र हुने पनि छैन । सुरुदेखि नै भ्रम, अफवाह र झुटा प्रचार फैलाएर जनतालाई अलमल्याउने प्रयास भइरहेको छ ।’ आचार्यले लेख्नुभएको छ–‘कहिले “निर्मल जिम्दार भए”, कहिले “शंकरलाई सहयोग गर्दैछन्‌” भन्ने कपोलकल्पित कथा बनाइयो । म यस्ता आधारहीन हल्लाको सशक्त खण्डन गर्दछु । यस्ता हल्ला फैलाउनेहरु वास्तवमा आफ्नै हारको संकेत पढिरहेका छन् । जनताको नेकपाप्रतिको उभार देखेर अत्तालिएकाहरूले अफवाहको सहारा लिएका छन् ।’

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस