दाङ । तुलसीपुरमा शिक्षा क्षेत्रमा लगानी बढ्दै गएको छ । पछिल्लो समय ठुलो लगानीमा निजिस्तरबाट विद्यालय खुल्ने क्रम बढेको हो । आगामी शैक्षिक सत्रदेखि संचालनमा ल्याउने गरी तुलसीपुरमा लुम्बिनी स्मार्ट स्कुल संचालनमा आएको छ । विद्यालय ३ करोड बढी लगानीमा संचालनमा आएको हो ।
तुलसीपुर–९ मा संचालनमा आएको विद्यालयले अत्याधिक भौतिक सुविधासहित शैक्षिक गुणस्तर ल्याउने दावि गरेको छ ।
नवनियुक्त विद्यालयका प्रधानाध्यापक बामदेव सापकोटाले विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तर ल्याउनेमा विश्वस्त रहन अभिभावकलाई आग्रह गर्नुभयो । उहाँले विद्यालयले शिक्षक कक्षाकोठामा भन्दा पनि विद्यार्थी शिक्षकको कोठामा आउने नयाँ शैक्षिक विधि अपनाएको बताउनुभयो ।
उहाँले विद्यार्थीको रुचि र चाहना अनुसार शिक्षण क्रियाकलापलाई अघि बढाउने दावि गर्नुभयो ।विद्यार्थीलाई समय सुहाउँदो शिक्षा दिने गरी विद्यालय स्थापना गरेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन स्वर्णकारले अभिभावकको माग बहोजिम नयाँ विद्यालय स्थापना गर्न सफल भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक कमल भण्डारीले गर्नुभएको हो ।














