दाङ । दाङमा होलि खेलेर तालमा पौडी खेल्न गएका एक बालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
घोराही–१६ ठोक्रिया बस्ने मगर मंगलबार दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता हुनुभएको थियो । खोजतलास गर्दा बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।


















