२०८३ बैशाख ६ गते आइतवार

दाङमा स्वतन्त्र उमेदवारसहित तीन जना युवकमाथि कुटपिट, घटनामा संलग्न तीन जना पक्राउ


दाङ। दाङमा स्वतन्त्र उमेदवारसहित तीन जना युवकमाथि कुटपिट भएको छ । स्वतन्त्र उमेदवार सप्रिक कँडेलसहित संगै हिडेका थप दुई जना युवकमाथि कुटपिट भएको हो । कुटपिटबाट उम्मेदवार कँडेलसहित तीन जना घाइते भएका छन् ।

कुटपिटबाट उमेदवार कँडेल सामान्य घाइते हुनुभएको छ भने अरु दुई जनालाई बढी चोट लागेको छ ।

कुटपिटबाट शान्तिनगर–४ का १६ वर्षीय सक्षम थापाको टाउकोमा गम्भीर चोट लागेको छ । यस्तै अर्का ३५ वर्षीय खडक थापालाई पनि बढी चोट लागेको छ । दुवै घाइतेको हाल राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनिहरुमाथि तुलसीपुर–५ बसपार्कस्थिति माछापुच्छ्रे टोलको गेट नजिकै कुटपिट भएको हो । कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले जानकारी दिनुभयो । तर पक्राउ परेका तीन जनाको नाम सार्वजनिक गरिएको छैन् ।

शान्तिनगर–३ अँधेरे पाते टाकुरा निवासी ३२ वर्षीय स्वतन्त्र उमेदवार सप्रिक कँडेलसहित तीन जना पारिवारिक कामले घोराही जाँदै थिए । गाडीलाई भाडा दिने सम्बन्धमा विवाद बढेपछि कालाखोलाबाट गाडी फर्काएर बसपार्कमा ल्याएर कुटपिट गरेको पिडितले बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस