२०८३ जेष्ठ २० गते बुधवार

देशभर ६५ क्षेत्रको मतगणना जारी, रास्वपाको ५८ क्षेत्रमा अग्रता


दाङ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६५ वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहेको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार ६५ वटा क्षेत्रको मतगणना चलिरहँदा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५८ क्षेत्रमा अग्रता छ ।

नेपाली कांग्रेसले ९ ठाउँमा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ३ क्षेत्रमा तथा नेपाली कम्युनिष्ट पार्टीले २ क्षेत्रमा अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) र श्रम संस्कति पार्टीले १/१ क्षेत्रमा अग्रता लिएका छन् ।

यस्तै काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले जितको शुरुवात गरेको छ । अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना)ले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो ।

मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । उहाँले ३ हजार ३ सय ७ मतसहित विजयी हुनु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस