२०८३ जेष्ठ २० गते बुधवार

कैलाली–१ मा रास्वपाका कोमल ज्ञवाली विजयी


कैलाली । कैलाली क्षेत्र नंम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ । उहाँले १७ हजार ८ सय २६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले ८ हजार ३ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस