२०८३ जेष्ठ २० गते बुधवार

४६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा ३५ क्षेत्रमा विजयी


दाङ । प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ४६ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३५ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ६, एमालेले २, नेकपाले २ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । मतगणना भैरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् ।

रास्वपाका गुल्मी २ बाट गोविन्द पन्थी १६ हजार ९६७ मतका साथ विजयी हुनुभएको छ । यस्तै पर्सा–२ बाट सुशीलकुमार कानु ३० हजार ७४० मत, नुवाकोट– २ बाट अचुत्तम लामिछानेले ३२ हजार ५४ मत, बारा–४ बाट रहबर अन्सारीले ४१ हजार २०० मत, कैलाली–१ बाट कोमल ज्ञवालीले १७ हजार ८२६ मत, बागलुङ– १ बाट सुशील खड्काले २० हजार ९२७ मत, बागलुङ–२ बाट सोम शर्मादे १२ हजार ६४७ मत, ललितपुर– १ बाट बुद्धरत्न महर्जनले २३ हजार ३७३ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै रुपन्देही–३ बाट डा. लेखजंग थापाले ५८ हजार ८१४ मत, रुपन्देही–२ बाट सुलभ खरेलले ५६ हजार ५५० मत, पर्सा १ बाट बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत, पर्वतबाट सागर भुसालले २६ हजार ५६१ म्त, बारा–३ बाट अरबिन्द साहले ४० हजार ६९७ मत, चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी हुनुभएको छ ।

त्यसैगरी भक्तपुर–१ बाट रुकेश रन्जितले ३३ हजार ४३६ मत, काठमाण्डौ–२ बाट सुनिल केसीले ३४ हजार २३८ मत, महोत्तरी–१ बाट प्रमोद कुमार महतोले ३४ हजार ६३६ मत, स्याङ्जा– १ बाट धनञ्जय रेग्मीले २९ हजार ७१, बाँके–१ बाट सुरेशकुमार चौधरीले ५२ हजार ७९२ मत, बाँके–३ बाट खगेन्द्र सुनार २९ हजार ५५१ म्त, रुपन्देही–४ बाट कन्हैया बनिया २८ हजार ६६ मत, मोरङ–६ बाट रुविना आचार्य ५५ हजार ५१३ मत, काठमाण्डौ–९ बाट डीपी अर्याल ३५ हजार ९३ मत, धनुषा–३ बाट मनिष झा ४३ हजार १४२ मत, मोरङ–४ बाट सन्तोष राजवंशी ४० हजार ८३३ मत, कास्की–३ बाट बिना गुरुङ ३७ हजार ७५० मत, काठमाण्डौ–१० बाट प्रदीप बिष्ट ३७ हजार ४६९ मतका साथ विजयी हुनुभएको छ ।

यस्तै कास्की–२ बाट उत्तम प्रसाद पौडेल ३१ हजार ९११ मत,काठमाण्डौ–५ बाट सस्मित पोखरेल ३० हजार ७३७ मत, काठमाण्डौ–४ बाट पुकार बम २९ हजार २४२ मत, काठमाण्डौ–७ बाट गणेश पराजुली २७ हजार ८०५ मत, काठमाडौ–३ बाट राजुनाथ पाण्डे १८ हजार ७५७ मत, काठमाण्डौ ८ बाट विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत, काठमाण्डौ–६ बाट शिशिर खनाल २७ हजार ७१९ मत र काठमाण्डौ–१ बाट रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभएको छ ।

यसैगरी कांग्रेसका भरतबहादुर खड्का डोटीबाट १४ हजार ८९७ मत, तेह्रथुमबाट सन्तोष सुब्बा ११ हजार ५६१ मत, दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत, रसुवा–१ मा मोहन आचार्य १० हजार ६५६ मत, मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत, मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुनुभएको छ ।

एमालेका उम्मेदपार बझाङबाट ऐनबहादुर महर, बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मतल्याएर विजयी हुनुभएको छ । नेकपाका महेन्द्रबहादुर शाही कालिकोटबाट ११ हजार ३३८ मत, रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ ।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ । उहाँले २२ हजार ८५० मत ल्याएर विजयी हुनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस