२०८२ फाल्गुन २६ गते मङ्गलवार

विवाहमा गएका दुई किशोरी नदी किनारमा मृत फेला, एक वेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिममा विवाहमा गएका दुई किशोरी नदी किनारमा मृत फेला परेका छन् भने एक जना वेपत्ता भएका छन् । बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानी भेरी नदी किनारमा दुई किशोरी मृत अवस्थामा भेटिएका हुन् ।

बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला वली र सोही स्थानकी १२ वर्र्षिया कल्पना वलीको शव मङ्गलवार नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिप्रसाद पुनले ती किशोरीसँगै गएकी अर्की एक किशोरी भने बेपत्ता भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ बर्सिया सपना वली बेपत्ता भएकी छन् । सपनाको खोजी भइरहेको इन्स्पेक्टर पुनले बताउनुभयो । तीनै जना दिदीबहिनी सोमबार विवाहमा जाने भनेर घरबाट निस्किएका थिए । प्रहरीले विवाहबाट घर फर्किदा नदी तर्ने क्रममा तीनै जना बगेको हुनसक्ने अनुमान थरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस