दाङ । भोलि तुलसीपुरसहित आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । हापुरे–तुलसीपुर ३३ केभी लाइन मर्मत तथा बुस कटिङको काम हुने भएकाले शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रका अनुसार भोलि बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने छ । भोलि शान्तिनगर गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका सबै वडामा विद्युत् आपूर्ति बन्द हुने छ ।
प्राधिकरणका अनुसार काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भए विद्युत् आपूर्ति पनि चाँडै सञ्चालन हुने छ । विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।





















