२०८३ जेष्ठ २१ गते बिहिवार

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने गरी स्थगित


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ । रास्वपाले आज शनिबारका लागि बस्ने भनेको बैठक आइतबारका लागि सारेको छ ।

आज हुने भनेको सचिवालय बैठक भोलि आइतबार बिहानको लागि तय गरेको प्रवक्ता मनिष झाले सूचना जारी गर्दै जानकारी गराउनुभएको छ ।

उहाँले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक भोली आइतबार बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गर्नुभएको छ ।

प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस